हेटौँडाबाट नारायणघाट गइरहेको एउटा मिनीवस आज दिउँसो साँढे ४ बजे महेन्द्रराजमार्गको खरङ्गा सडकखण्डबाट राप्ती खोलामा खस्दा २३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको स्थिति गम्भिर रहेको प्रहरीले जनाएको छ ।
र्सार्कमा नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री कोइरालाले गर्नुहुन्छ- परराष्ट्रसचिव आचार्य
काठमाडौं, १० साउन । परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यले श्रीलंकामा हुने १५ औं र्सार्क सम्मेलनसम्म नयां सरकार नबने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालेनै नेपाली टोलीको नेतृत्व गर्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले कामचलाऊ
१० साउन, काठमाण्डौं । राष्ट्रपतिको निर्वाचन प्रक्रियादेखिनै माओबादीसंग नजिकिएका दुई मधेसबादी दललाई पनि गठबन्धनमा तान्न र माओबादीलाई एक्ल्याउन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गृहकार्य थालेका छन । कोइरालाले आज बिहान तराइ- मधेस
९ साउन, काठमाण्डौ । विद्यार्थीलाइ भाडा छुट नदिएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र सरकारवीच सहमति भएको छ । आठ विद्यार्थी संगठनका प्रतिनिधि र श्रम मन्त्रालयवीच भएको साँझ भएको छलफलमा तोकिएको भाडादर कार्यन्वयन तथा छुट नदिने सवारी
संविधानसभामा प्रतिनिधित्व गर्ने चौबीस वटै दलले नयाँ सरकारको नेतृत्व गर्न नेकपा माओवादीलाई आग्रह गरेका छन् । संविधानसभामा सबैभन्दा ठुलो दलको हैसियतले माओवादीले भावी सरकारको नेतृत्व गर्नुपर्ने भन्दै उनीहरुले
९ साउन, नेपालगंज । सुर्खेत क्षेत्र नम्बर १ का संबिधानसभामा एमाले उम्मेद्वार ऋषि प्रसाद शर्माको हत्या आरोपमा पक्राउ परेका सुर्खेत मैनतडाका राम बहादुर बिसीले पुर्बगृहमन्त्री एवम कांग्रेस नेता पुर्ण बहादुर खड्काको योजनाअनुसार शर्माको हत्या गरिएको दाबी गरेका छन ।
बन्दमा तीनवटा ट्याक्सी तोडफोड पोखरा, ९ साउन/याताायात मजदुरले पत्रकार माथि निर्मम कुटपिट गरेका छन् । बन्दको समाचार संप्रेषणको लागि हिडेका पत्रकारमाथि उच्छश्रृंखल यातायात मजदुरहरुले स्थानीय पत्रकार डिआर
काठमाडौं, ९ साउन । नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमको गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले गठबन्धनकै नेतृत्वमा नयां सरकार बन्ने बताए ।
हेटौंडामा विद्यार्थीहरुले उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ खाएको विरोधमा चक्काजाम गरेका छन् । उनीहरुले उपराष्ट्रपति झाको पुत्ला पनि दहन गरेका छन् । उपराष्ट्रपति झाले नेपाली भाषाको अपमान गरेको भन्दै विहानैदेखि विद्यार्थीहरुले हेटौंडा बजारमा
९ साउन, काठमाण्डौ । नेपाल सरकारको मातहतमा रहेको नेपाली सेनाका सेनापति रुक्माङग्द कट्वालले राज्यले गरेको संघीयताको निर्णय विरुद्ध अभियान थालेका छन् । संविधानसभाले मुलुक संघीय लोकतान्त्रीक गणतन्त्रमा जाने घोषणा गरिसकेको र संघीयता कार्यन्वयनको तयारी भइरहेका
९ साउन, काठमाण्डौ । विद्यार्थीलाइ तोकिएको भाडा छुट नदिएको विरोधमा आठ विद्यार्थी संगठनहरुले आज विहानैदेखि देशभरको सार्वजनिक यातायात अवरुद्ध गरेका छन् । यातायात ब्यवसायीहरुले सहमति बमोजिम ४५ प्रतिशत भाडा छुट नदिएको तथा विद्यार्थीमाथि दुरब्यवहार भइरहेको
राष्ट्रपति र उपराष्ट्रपतिद्वारा सपथपछि पदभार ग्रहण, बिहीबार सार्वजनिक विदा
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झाले आज पद तथा गोपनीयताको सपथ लिनु भएको छ। राजधानीको महाराजगञ्जस्थित राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधिश केदारप्रसाद गिरिले
८ साउन, काठमाण्डौं । प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले राष्ट्रपति समक्ष राजिनामा दिनुभएको छ । आज बिहान वसेको अन्तरिम मन्त्री परिषदको अन्तिम बैठकमा राष्ट्रपति समक्ष आज साझ राजिनामा दिनेबारे कोइरालाले छलफल गर्नुभएको थियो ।
संविधानसभा अध्यक्षमा सुवास नेम्बाङ निर्विरोध निर्वाचित
बिहीबार हुने भनिएको संविधानसभाध्यक्षको पदमा पूर्व सभामुख सुवास नेम्बाङको मात्र उम्मेदवारी परेपछि उहाँ संविधानसभा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ। आज पाँच बजेसम्म उम्मेदवारी दिने समय रहेकोमा नेम्बाङको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो ।
८ साउन, काठमाण्डौं । राष्ट्रपति डा.रामबरण यादवलाई प्रधान न्यायधिश केदारप्रसाद गिरिले राष्ट्रपति भवन शितल निवासमा आयोजित बिशेष समारोहमा पद तथा गोपनियताको सपथ गराउनुभएको छ । सपथ ग्रहण लगत्तै उहाँले कार्यकक्षमा प्रवेश गरेर पदभार ग्रहण गर्नुभएको छ ।
'पावर मिनिष्टर'मा साझेदारी नभए एमाले सरकारमा जादैनौं महासचिव
पोखरा, ८ साउन/नेकपा एमालेका महासचिव झलनाथ खनालले गृह, अर्थ र रक्षा मन्त्रालय नपाएको अवस्थामा सरकारमा सहभागि नहुने बताउनुभएको छ । उहाँले 'पावर मिनिष्टर'मा सत्ता साझेदारी नभए एमाले सरकारमा नजाने स्पष्ट पार्नुभयो । 'एमाले साना फुच्चे खेल खेल्ने
सशस्त्र द्वन्द्वको समाप्तीस“गै देशमा माओवादी सम्मिलित सरकार बनेको झण्डै डेढवर्षपुगिसक्दा पनि माओवादीकै अभियोगमा पक्राउ परेका दुइजना माओवादी कार्यकर्ता र ९ जना र्सवसाधरणले अझैं पनि दाङ कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।
सिन्धुलीका विभिन्न क्षेत्रमा केही दिनदेखि फैलिएको झाडापखालाले महामारीको रुप लिएको छ। अहिलेसम्म सो महामारीका कारण सात जनाको ज्यान गइसकेको छ भने सयौं विरामी परेका छन् । जिल्ला अस्पतालमा विरामीको चाप बढेपछि शैया नपुगेर भूँइमा राखेर उपचार गरिएको बताइएको छ।
दमौली ८ साउन । सात विद्यार्थी सङ्गठनले सरकार विद्यार्थी र यातायात व्यवसायीबीच भएका सम्झौता कार्यान्वयन नगरिएको भन्दै आज बिहानैदेखि पृथ्वी राजमार्गस्थित डुम्रे खैरेनीटार खण्ड अवरुद्ध बनाएको छ । विद्यार्थीहरुले सम्झौताअनुसार यातायात व्यवसायीहरुले
८ साउन,काठमाण्डौं । आठ बिद्यार्थी संगठनको आह्वानमा आज देशभर सार्वजनिक भाडाका सवारी साधनको संचालनमा अवरोध आएको छ । सरकारी निर्णय अनुसार भाडाका सवारी साधनले बिद्यार्थीहरुलाई ४५ प्रतिशत छुट उपलब्ध नगराएको